केएमसी सिर्जनशील क्लवद्वारा हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

धनगढी । केएमसी सिर्जनशील क्लवले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । नियमित मासिक कार्यक्रम अन्तर्गत सिर्जनशील क्लबले उक्त प्रतियोगिता भदौ १ गते देखि सञ्चालन गरेको थियो ।

कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त हाजिरीजवाफ प्रतियोगितामा १६ ओटा समुह सहभागि भएका थिए । ति मध्ये बि.बि.एस. चौथो वर्षमा अध्ययनरत विद्यार्थिहरुको समुह विजेता बनेको थियो । विजेता टोलीलाई पुरस्कार स्वरुप नगद रु २ हजार पाँच सय र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै द्वितिय भएको बि.एड.दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको समुहलाई नगद १ हजार पाँच सय र प्रमाण पत्र, तृतिय भएको बि.एस(सी) पाचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको समुहलाई नगद १ हजार र प्रमाण पत्र तथा सान्त्वना भएको बि.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको समुहलाई प्रमाण पत्र मात्र प्रदान गरिएको केएमसी सिर्जनशील क्लबकी अध्यक्ष निर्मला भट्टले जानकारी दिनुभयो ।

क्लबले स्थापनाकालदेखि नै विभिन्न अतिरिक्त क्रियाक्लाप आयोजना गर्दै आएको छ । अध्यक्ष निर्मला भट्टले व्यक्तित्व विकास र क्लवको औचित्य बलियो पार्नका लागि पनि आगामी दिनमा थप सक्रिय भएर लाग्ने वताउनुभयो । यस्तै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले विद्यार्थीहरुका प्रतिभाको उजागर र क्षमता विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने भएकाले विद्यार्थी युनियनले पनि हरेक सिर्जनात्मक काममा सघाउने वताउनुभयो ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले विद्यार्थीहरुले आफ्नो वौद्धिक क्षमताको विकास गर्न अझै सहभागिता बढाउन आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.