डिस्कभरी बोर्डिङ स्कूलले वाल दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने

धनगढी । धनगढी स्थित डिस्कभरी इङ्गलिस बोर्डिङ स्कूलले यस वर्षको वाल दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।

भदौ २९ गते राष्ट्रिय वाल दिवसको अवसरमा माद्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले जानकारी दिनु भयो । बालबालिकामा लागानीः सुनिश्चित भविष्यको लगानी भन्ने नाराका साथ डिस्कभरी इङ्गलिस बोर्डिङ स्कूलले वाल दिवस मनाउने उहाँले वताउनुभयो ।

माद्यमिक विद्यालय स्तरीय उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने समुहले नगद दश हजार रुपैयाँ, दोस्रो हुने समुहले नगद पाँच हजार र तेस्रो हुने समुहले नगद तीन हजार पुरस्कार पााउने प्रधानाध्यापक सिंहले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.