मालिकार्जुन दार्चुला सेवा समितिद्वारा धनगढीमा लागुपदार्थ दुव्र्यसन न्युनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना

लागु पदार्थको सेवन सामाजिक अपराध हो र यो कानूनी रुपमा दण्डनीय छ तर त्यस भन्दा बढी यो व्यक्तिको मानसिक समस्या भएकाले प्रयोगकर्तालाई कानूनी जटीलतामा अल्झाउनु भन्दा उपचार मार्फत पुनः स्थापना गर्न तर्फ जोड दिनुपर्छः मनोरोग विशेषज्ञ

धनगढी । मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा शनिबार लागुपदार्थ दुव्र्यशन न्युनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा धनगढी तारानगर स्थित आफ्नै सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

समितिका अध्यक्ष महेन्द्रराज पन्तले पछिल्लो समय युवा पुस्तामा बढिरहेको लागु पदार्थ दुव्र्यसन न्युनिकरणमा सघाउने उद्धेश्यले उक्त सचेतनामुलक कार्यक्रम आयोजना गरिएको वताउनुभयो । सामाजिक उत्तरदायित्व वहन गर्ने गरि लागुपदार्थ सेवन नगर्ने बारे विशेषज्ञ मनोचिकित्सक मार्फत किशोर किशोरीहरुलाई जानकारी गराईएको उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले एक तथ्याङ्क प्रस्तुत गर्दै कैलालीमा श्रृङ्खलावद्ध रुपमा लागुऔषध प्रयोगकर्ता बढिरहेको वताउनुभयो । उहाँले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धि ९१ मुद्दा दर्ता भएका थिए, जसमा १३१ जना पक्रउ परे । तर २०७८/७९ मा यो संख्या बढेर २०१ वटा मुद्दा दर्ता भए, जसमा ३२३ जना पक्राउ परेका उहाँले वताउनुभयो । यस्तै गत आर्थिक वर्ष २०७९/८० मा ३४७ वटा मुद्दा दर्ता भएर ५२३ जना पक्रउ परेका उहाँले जानकारी दिनुभयो । यसरी लागु पदार्थ सेवको संख्या वर्षेनि घट्नु पर्नेमा डरलाग्दो तरिकाले बढिरहेकाले सामाजिक सचेतिकरणमा सबैले जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ । अभिभावकले आफ्ना वालवालिकाप्रति समयमै ख्याल नगर्दा शहरी क्षेत्रमा यसको असर बिकराल भईरहेको उहाँले वताउनुभयो ।

प्रहरी निरिक्षक अधिकारीले लागु औषध युवा वर्गको प्रमुख सामाजिक समस्या भएकोले यसलाई न्युनिकरण गर्दै आफ्नो सामाजिक प्रतिष्ठा निर्माणमा ध्यान दिन सहभागि विद्यार्थिहरुलाई प्रोत्साहित गर्नुभयो ।

उक्त सचेतनामुलक कार्यक्रममा मनोरोग विशेषज्ञ डा.प्रभात सापकोटाले लागुऔषध सेवनलाई पनि एक मानसिक रोगका रुपमा बुझ्नु जरुरी रहेको वताउनुभयो । अरु रोग जस्तै लागु औषधको पनि चिकित्सकिय उपचारका माध्यमबाट मात्र उपचार सम्भव रहेकाले यसका प्रयोकर्तालाई समयमै उपचारको पहुँचमा पु¥याउनुपर्ने उहाँको भनाई छ । तर समुदाय र सरकारी स्तरमा अझै पनि लागुऔषध सेवन पनि मानसिक रोग हो भन्नेबारे जानकारी कम हुँदा यसको न्युनिकरणमा चुनौति भईरहेको डाक्टर सापकोटाको भनाई छ । लागु पदार्थको सेवन सामाजिक अपराध हो र यो कानूनी रुपमा दण्डनीय छ तर त्यस भन्दा बढी यो व्यक्तिको मानसिक समस्या भएकाले प्रयोगकर्तालाई कानूनी जटीलतामा अल्झाउनु भन्दा उपचार मार्फत पुनःस्थापना गर्नतर्फ जोड दिनुपर्ने उहाँको सुझाव छ । यस्ता समस्याबारे सचेतना अभिवृद्धि गर्न विद्यार्थीहरुमार्फत अझै सहज, व्यापक र प्रभावकारी हुने उहाँले वताउनुभयो ।

यस्तै प्रदेश युवा सञ्जाल सुदुरपश्चिमका उपाध्यक्ष प्रबीन चन्दले विद्यालय र विद्यार्थीहरुमार्फत यस्ता सचेतिकरणका अभियान सञ्चालन गर्नमा आफुहरु पनि सघाउने वताउनुभयो । यस्ता कार्यक्रममार्फत सिकेका कुराहरु आफुमा मात्र सिमित नराखेर घर परिवार र समाजमा फैलाउन विद्यार्थीहरुलाई उहाँले आग्रह गर्नुभयो । आगामी दिनमा युवा वर्गलक्षित यस्ता कार्यक्रम आयोजना गर्न आफूहरु पनि सँधै तयार रहेको उहाँको भनाई छ ।

उक्त कार्यक्रममा धनगढीका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । सामाजिक समस्या न्युनिकरणमा सघाउने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रम मार्फत नायाँ कुरा सिक्न पाएकोले कार्यक्रम निकै फलदायी र प्रशंसनिय रहेको सहभागिहरुले वताउनुभएको छ ।

कार्यक्रम सञ्चालनमा मालिकार्जुन दार्चुला सेवा समितिका सचिव जनक सिंह सामन्तले सहजिकरण र्गुभएको थियो ।

Leave A Reply

Your email address will not be published.