केएमसीमा शिक्षासंगै सिप, स्ववियुको प्रस्तावप्रति प्रदेश सरकारको प्रतिवद्धता
सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसलाई प्रदेशको नमुना क्याम्पसका रुपमा घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
धनगढी । कैलाली बहुमुखी क्याम्पसमा झण्डै एक महिना सञ्चालन भएको शिक्षासंगै सिप अभियानको समिक्षा गर्दै शुक्रबार समापन गगरिएको छ ।
स्वथन्त्र विद्यार्थी युनियनले क्याम्पसमा शिक्षासंगै संस्कार र शिक्षासंगै सिप विकासको अवधारणा लागु गरिरहेको छ । उक्त अभियान अन्तरगत बैङ्किङ, लोक सेवा, शिक्षक सेवा, अध्यापन अनुमति पत्र तयारी कक्षा, अङ्ग्रेजी भाषा र संगीत तथा नृत्य प्रशिक्षण र विभिन्न सिपमूलक तालिमहरु निःशूल्क रुपमा सञ्चालन गरिएको हो । विद्यार्थीहरुका आधारभूत समस्या र जायज मागहरुको सम्बोधन गर्दै आएको स्ववियुले सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री झपट बहादुर साउँदको प्रमुख अतिथ्यतामा क्याम्पससका प्राध्याक र विद्यार्थीहरुबिच उक्त समिक्षा गरेको हो ।
यस अवधिमा करिब पन्ध्र सय देखि दुई हजार विद्यार्थीहरु ति कक्षामा सहभागि भएका थिए । व्यवहारिक सिकाईमा आधारित उक्त कार्यक्रम फलदायी रहेको र अझै सञ्चालन हुनुपर्ने सहभागिहरुको प्रतिक्रया र माग छ ।
स्ववियु अध्यक्ष यमराज जोशीले विद्यार्थी र क्याम्पसको हितको लागि विभिन्न संघ–संस्थासंगको समन्वयमा उपलव्धिमूलक कार्यहरु निरन्तर भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ यि कार्यक्रमहरु सञ्चालन गर्न थुप्रै थुनौतीहरु थिए, तर पनि क्याम्पस प्रशासन र सबैको सहयोगले पहिलो चरणको उपलव्धिमूलक अभियान सञ्चालन गर्न सफल भएका छौँ, यसलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारसंग पनि छलफल गर्छौं ।”
दृढ इच्छाशक्तिले न्युन स्रोतसाधनमा उदहारणीय कार्य गर्न सकिने प्रमाणित भएकोले प्रदेश सरकारले पनि शैक्षिक संस्थाहरुमा सिप विकासका कार्यक्रममा लागानी बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “ अहिले शिक्षकहरु आन्दोलित हुनु परेको अवस्था छ, शैक्षिक संस्थाहरु बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने कारखानाका रुपमा परिभाषित छन्, अघिल्लो सरकारले मठ मन्दिर निर्माणका नाममा मात्रै २५ करोड खर्च ग¥यो, तर त्यो लगानी शिक्षा क्षेत्रमा लगाउने हो भने सुधार हुन धेरै समय लाग्दैन, सिप विकासका तालिमहरु सहि स्थान र आवश्यकताका आधारमा सञ्चालन हुनु जरुरी छ ।”
क्याम्पसमा शिक्षासंगै प्राविधिक ज्ञान निर्माणका लागि प्रविधिमैत्रि भौतिक संरचनाको आवश्यक्ता रहेकोले त्यसको पुर्ति हुनुपर्ने अध्यक्ष जोशीको माग छ । न्यून शुल्कमा क्याम्पसमै सिक्ने वातावरण स्ववियुले निर्माण गर्ने उहाँको भनाई छ । त्यसका लागि योजना र अनुमानित लागत खर्च सहित सामाजिक विकास मन्त्रीलाई प्रस्ताव पत्र पनि पेश गरिएको छ ।
प्रस्ताव पत्र बुझ्दै सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले सुदुर पश्चिमको समृद्धिको लागि सिपयुक्त जनशक्ति आवश्यक रहेकाले स्ववियुको उक्त कदम उदहारणीय रहेकोमा ऐक्यवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो “ सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि शिक्षासंगै सिप विकास आवश्यक छ, यसकालागि सहयोग गर्न प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयको तर्फबाट ऐक्यवद्धता जनाउँछु, हामी सहयोग गर्न तयार छौँ ।”
उहाँले प्रदेशका ८८ ओटै स्थानिय तहमा नमुना विद्यालय स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको र त्यसका लागि आवश्यक वजेट विनियोजन गरि गृहकार्य पनि थालेको जानकारी दिनुभएको छ । प्रदेशका ९ ओटा क्याम्पसलाई अनुदान वितरणका लागि एक करोड बजेट छुट्याईएको उहाँले वताउनुभयो । त्यसलाई यथाशिघ्र कार्यान्वयन गरिने उहाँको भनाई छ ।
मन्त्री साउँदले स्ववियुको प्रस्ताव पत्रमा उल्लेख भएका कार्यक्रमको लागि मन्त्रालयसंग बजेट रहेकोले उपलव्ध गराउने पनि वताउनु भएको छ । यस्तै उहाँले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसलाई प्रदेशको नमुना क्याम्पसका रुपमा घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।