चुरे पर्यटन उत्सव २०८० सम्पन्न

धनगढी। कैलालीको चुरे गाउँपालिकामा पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ।
उक्त उत्सव चुरे गाउँपालिकाले प्रायोजक गरेको हो भने मिलन युवा क्लबको आयोजना, बसर युवा क्लब चुरे ३ कैलाली, तिन तले झर्ना ब्य.स.कैलालीको सहकार्यमा मनाईएको हो । चुरे गाउँपालिका भित्र रहेका प्राकृतिक, ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुको भ्रमण गरेर पर्यटन उत्सव मनाईएको मिलन युवा क्लबका सचिव पवन सुनारले बताउनुभयो । चुरे गाउँपालिकाका सम्पुर्ण वडाका मुख्य पर्यटकीय स्थलको भ्रमणसंगै सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानिय सँग पनि त्यहाँको पर्यटन विकास कसरी गर्ने भन्ने भावी योजनाको बारेमा छलफल गरिएको सचिव सुनारले बताउनुभयो।
कार्तिक १७ देखि २० गते सम्म चार दिने उत्सवमा डडिया वनभोज स्थल चुरे १ मिलनपुर , दारी झरना चुरे २ बसन्तपुर, धप्रेनी काफल पार्क चुरे ३, बसर तिन तले झरना चुरे ३, कम्पासे धुरा खानीडाँडा चुरे ५ चमेरो गुफा चुरे ६ र गर्भा दरबार चुरे ४ को विशेष भ्रमण र स्थानिय सरकार , लगायतका अन्य सम्वन्धित निकायले चुरे गाउँपालिकामा पर्यटन बिकासको लागि गर्नु पर्ने भावी योजना सहित उत्सव सम्पन्न गरिएको सचिव सुनारले बताउनु भएको छ।

 

Leave A Reply

Your email address will not be published.