धनगढी। हिन्दु धर्मावलम्बीले मनाइने पाँच दिनसम्म चल्ने तिहारको तेस्रो दिन आज देशभर गाई पूजा गरी मनाइँदैछ ।गाई पुजाको अनुष्ठानमा गाईहरूलाई मिठाई र स्वादिष्ट खाना खुवाइन्छ ।
जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको पवित्र धागोलाई आज गाई पूजा गर्दा गाईको पुच्छरमा बाँधिने चलन छ ।यसो गर्दा व्यक्तिको आत्माले आफ्नो मृत्युपछि पौराणिक नदी बैतरानी नदी पार गरेर स्वर्ग पुग्छ भन्ने मान्यता छ।
मानिसहरूले गाईको गोबर र गेरुको मिश्रणलाई पेस्ट बनाएर आज घरको आँगन र भुइँमा लगाउने गर्छन्।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भन्ने गरिन्छ ।