धनगढी – कैलाली बहुमुखी क्याम्पसमा ‘बीबीएम फेस्ट’ अन्तर्गत स्टलको लागि आवेदन खुला गरिएको छ ।
उक्त फेस्ट अन्तर्गत मंसिर १३ र १४ गते स्टल राखिने भएकाले केएमसीमा अध्ययनरत व्यक्ति वा समूहले आफ्नो आइडियासहित स्टल राख्नका लागि आवेदन खुला गरिएको हो । स्टल राख्न सकिने क्षेत्रहरुमा वीजनेस आइडिया, टेक्नोलोजी एण्ड इनोभेसन, आर्टस एण्ड लीट्रेचर, खेल र फूड आइटम रहेका छन् । आवेदनका लागि अन्तिम मिति मंसिर ११ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।
आवेदनका लागि ९८६५८४७११७ र ९७४९८००९७७ मा फोन गर्न सकिनेछ । त्यस्तै क्याम्पसमा रहेको बीबीएम विभागमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ । सिर्जनशीलता, नवीनता, स्थानीय परिकार र मौलिकतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।