धनगढी उपमहानगरपालिकामा छाडा पशु चौपायाको गौशालामा व्यवस्थापन

धनगढी। धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ अर्थात् साबिकको फूलवारी गाबिसका छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा हाम्रो गौशाला फूलवारिले धनगढी १८ तुलसिबारिमा निर्माण गरेको गौशालामा आज छाडा चौपायाको व्यवस्थापन गरीएको हो ।

गौशालाको निर्माण कार्य, दाना , पराल र घासको व्यवस्थापन पछि आज साबिकको फूलवारी क्षेत्रमा रहेका छाडा चौपाया को व्यवस्थापन गरीएको हाम्रो गौशाला फूलवारिका सचीव यादव भण्डारीले बताउनु भयो । उहाँले आज बिहिवार फूलवारिमा रहेका करिब ३ सय छाडा चौपायालाई गौशालामा राखिने लक्ष्य रहेको बताउनु भयो । भोलिबाट सडकमा चौपाया भेटिएमा सम्बन्धित टोल समिती र वडा कार्यालयले भेटिएका चौपाया छाडा नै हुन् भनेर प्रमाणित गरेमात्र गौशालामा राख्ने भण्डारीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.