धनगढीमा झल्काइँदै सुदूरको कला संस्कृति [फोटोफिचर]

धनगढी – धनगढीस्थित पार्क क्षेत्रको पर्खाल कला संस्कृतिले सुसज्जित हुन थालेको छ ।

सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।

राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।

धनगढीपार्क क्षेत्रका पर्खालमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।

यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ ।

Leave A Reply

Your email address will not be published.