धनगढी – हिमालयन लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाले विपन्न वर्गलाई सहयोग गरेको छ ।
इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरको श्रीलंकामा रहेका अति विपन्न र गरिब परिवारलाई १५० वटा टिसर्ट वितरण गरिएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स महेन्द्रनगरकी शाखा प्रमुख पुष्पा चन्दले संचालन गर्नुभएको उक्त कार्यक्रममा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश उपप्रमुख प्रमानन्द पन्त प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा टिसर्ट वितरण संगै बीमा गर्नुका फाइदा र इन्स्योरेन्सका अगामी योजना बारे चर्चा गरिएको जनाइएको छ ।