धनगढी – सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण आजदिखि सुरु भएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने भएको हो ।
महोत्सवमा १० करोड बराबरको कारोबार हुने र ५ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको संघले जनाएको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।