जलवायु न्याय, लिङ्ग र मानव अधिकार सम्बन्धी एकदिने तालीम धनगढीमा सम्पन्न

धनगढी। जलवायु न्याय, लिङ्ग र मानव अधिकार सम्बन्धी एकदिने तालीम धनगढीमा सम्पन्न भएको छ।
शुक्रवार भएको तालीममा विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थी, विभिन्न सघँ संस्थामा आवद्ध व्याक्तीहरुको सहभागीता रहेको थियो ।तालीममा जलवायु परिवर्तनले मानव जीवनमा पारेको असर,जलवायु परिवर्तन जोखिम, वातावरण संरक्षण सम्बन्धी संयन्त्र,वातावरण सम्बन्धी कानुन, जलवायु परिवर्तन सम्बन्धी लैङ्गिक तथा सामाजिक २०७७ देखी०८७ सम्मको रणनीति तथा कार्य योजना बारे मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशका प्रमुख हरी गेवाली,धनगढी उपमहानगरपालिका बातावरण प्रमुख अशोक अवस्थी, युथ एड्भोकेशन नेपालका अध्यक्ष गणेश धामीले प्रशिक्षण गराउनु भएको थियो ।
प्रशिक्षण पछि सहभागीसँग जलवायु परिवर्तन गर्न र मानव अधिकारमा युवाहरुको भुमिका बारे छलफल गर्नु भएको थियो । छलफल पछि सहभागी हरुको समुह बनाएर आ–आफ्नो निष्र्कष निकाल्नु भएको थियो । निष्र्कषमा कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीको समुहले मानव अधिकार बारे बिद्यार्थी लगायत अरु नागरीक हरुलाई तालीम दिने निष्र्कष निकाल्नु भएको थियो भने पाचौं सेमेस्टरका बिभिन्न संकायमा अध्यानरत बिद्यार्थीले जलवायु परिवर्तन बारे कैलाली बहुमुखी क्याम्पसमा एकदिने तालीम दिने निष्र्कष निकाल्नु भएको थियो ।
मानव अधिकार र जलवायु सम्बन्धी कानुन बिपरीत काम गरेपछि हुने सजाय बारे धरम प्रकास गिरीले जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.