केएमसीको ‘बीबीएम फेस्ट २०२३’ सम्पन्न 

धनगढी – केएमसीको प्रस्तुति ‘बीबीएम फेस्ट २०२३’ आज शुक्रबार सम्पन्न भएको छ ।

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको बीबीएम सातौं सेमेस्टरका विद्यार्थीहरुद्वारा आयोजित बीबीएम फेस्ट आज रुबस होटलमा समापन गरिएको हो ।

असोज ८ गतेबाट सुरुवात भएको उक्त फेस्ट अन्तर्गत क्याम्पसमा स्टल प्रदर्शनी, साङ्गितिक र खेलकुद लगायतका विभिन्न कार्यक्रम गरिएका थिए ।

कैलाली बहुमुखी क्याम्पसका सह-क्याम्पस प्रमुख, ठाकुर प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको आजको समापन कार्यक्रममा बीबीएम फेस्टका कार्यक्रम संयोजक तथा बीबीएम सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी, फणेन्द्र ओझाको अध्यक्षता रहेकोे थियोे ।

कार्यक्रममा साङ्गितिक, नृत्य प्रस्तुति, पुरस्कार वितरण, अतिथिहरुको शुभकामना मन्तव्य र प्यानल डिस्कसन लगायतका कार्यक्रम गरिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्याम्पसका सह-क्याम्पस प्रमुख, ठाकुर प्रसाद ढुङ्गेलले यस कार्यक्रमको आयोजना गरिरहँदा विद्यार्थीले आफ्नो क्षमता निखार्ने अवसर पाएको र बीबीएमका विद्यार्थीले बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमले क्याम्पसको गौरव बढेको बताउँदै बीबीएम कार्यक्रमका कार्यक्रम संयोजक, पुर्णानन्द जोशीले अगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न अन्य विद्यार्थीलाई पनि आग्रह गर्नुभएको छ ।

बीबीएममा अध्ययनरत विद्यार्थीलाई आगामी दिनको शुभकामना दिँदै पढेको कुरा आफूमा लागु गर्न र क्याम्पसले यस्तै कार्यक्रम आयोजना गरिराख्नुपर्ने सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डाक्टर, हेमराज पन्तले बताउनुभयो ।

त्यस्तै कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष, यमराज जोशीले बीबीएम अध्ययनरत विद्यार्थीले कुनै व्यापार व्यवसाय गर्न प्रस्ताव लगेपछि प्रसाशनले सक्दो सहयोग गरिदिन र बीबीएममा अध्ययनरत विद्यार्थीले अन्य संकायमा अध्ययनरत विद्यार्थीलाई पनि व्यवसायी बन्न सकिने बाटाहरु देखाउन आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.