कैलालीको बर्दगोरियामा सडक पानी पिच गरिँदै 

धनगढी – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सडक पानी पिचको कार्य सुरु भएको छ ।

मंगलबारबाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१ को पानी पिच निर्माण गर्नको लागि बजेट विनियोजन गरेको थियो भने उक्त कार्य सहजरुपमा समाधान गर्नको लागि समिति बनाइएको  छ ।

समितिका अध्यक्ष भोज बहादुर सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँर र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम कृष्ण चौधरी रहनुभएको थियोे ।

गाउँपालिका अध्यक्ष कुवँरले भन्नुभयो, “जनतालाई सहज होस् भनेर हामीले पानी पिच सुरु गरेका हौं । हामी सबै मिलेर बनाउदा काम गर्नलाई सहज हुन्छ । जनतालाई सडकको छेउमा गाई, गोरु  जस्ता जनावर र ढुङ्गा, बालुवा र इट्टा जस्तालाई सडकको छेउमा नराखीदिन पनि आग्रह गर्दछु ।”

यसैगरी गाउँपालिकाले  सुरुमा हाम्रो वडाबाट पिच सुरु गरेकोमा धेरै खुशी लागेको र हामी वडालाई नमुना वडा बनाउनको लागि वडा वासीले साथ र सहयोग गर्ने छन भन्ने आशा राखेको वडा नम्बर ६ का वडाध्यक्ष चौधरीले बताउनुभयो ।

उक्त पानी पिच गर्ने कार्यमा बर्दगोरिया गाउँपालिकाका इन्जिनियर  अभिषेक रिमाल, राजेन्द्र कठरिया लगायत बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.