केएमसीमा व्यक्तित्व विकास र सिर्जनात्मक लेखनबारे कार्यशाला आयोजना हुँदै, अनलाईन फारम यसरी भर्नुहोस ।
धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समुहले व्यक्तित्व विकास र सिर्जनात्मक लेखनबारे कार्यशाला आयोजना गर्ने भएको छ ।
यहि माघ ६ गते देखि ९ गते सम्म सञ्चालन हुने उक्त चार दिने कार्यशालामा शैक्षिक तथा सिर्जनात्मक लेखन, प्रस्तावना, प्रतिवेदन, निवेदन, माईन्युट, चिठी, ईमेल, भाषण, उद्घोषण र प्रस्तुतीकरण लगायत विद्यार्थीहरुलाई शैक्षिक उन्नयनमा आवश्यक पर्ने विशेष सिप र क्षमतामा आधारित विषयवस्तुमा प्रशिक्षण दिईने विद्यार्थी गुणस्तर समुह कैलाली बहुमुखी क्याम्पसका संयोजक ओम प्रकाश वस्तीले वताउनुभयो ।
आगामी दिनमा पनि संकाय अनुसार आवश्यक विषयवस्तुमा विद्यार्थीहरुको ज्ञान अभिवृद्धि र प्रयोगात्मक क्षमता विकासका क्याम्पस प्रशासन, प्राध्यापक संघ र स्ववियुसंग सहकार्य गरी आवधिक कार्यक्रमहरु आयोजना गर्न निरन्तरता दिने उहाँको भनाई छ ।
कार्यशाला निःशुल्क सञ्चालन हुने छ र भाग लिन चाहने स्नातक तथा स्नातकोत्तर तहका सबै विद्यार्थीहरुले अनलाईन फारम भर्नुपर्ने छ ।
कार्यशालामा सहभागिता जनाउन तलको लिङ्कमा गएर तोकिएको मापदण्ड अनुसार फारम भर्नुहोस ।