धनगढी – विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ ।
धनगढीस्थित चैतन्य पाठशालाले वर्कसपको आयोजना गरेको हो । एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले त्यसको उद्घाटन गर्नुभयो ।
एक हप्तासम्म आयोजना हुने सो वर्कसपमा विद्यार्थीलाई रकेट विज्ञान, सेटेलाइट निर्माण, ड्रोन, अहिलेको प्रविधि र ज्ञानको कुराबारे सिकाइने जनाइएको छ । विद्यार्थीलाई राष्ट्रिय आविष्कार केन्द्रमा काम गरिरहेका वैज्ञानिकले प्रशिक्षण दिनेछन् ।