बैतडीमा करेन्ट लाग्दा एक जना घाइते

धनगढी – बैतडीमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका  वडा न ६ का ५० वर्षिय शैलेन्द्र धानुक करेन्ट लागेर घाइते भएका हुन् ।

बुधवार  बिहान ९ बजेर ५० मिनेटको समयमा  सुर्नया गाउँपालिका वडा नम्बर  ८ दोरा टोलमा विद्युतको  लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लाग्दा धानुक घाइते भएका जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता नन्द राज जोशीले जानकारी दिनु भयाे ।

उहाँका अनुसार  पोलमा चढेर  लाइन खिचिरहेका  धानुकको  दाहिने  हातमा करेन्ट लागेर  जमिनमा बजारिनु भएका हुन् । करेन्ट लागेर  पोलबाट जमिनमा खसेका उहाँको दाहिने  हातमा चोट लागेको  जाेशीले बताउनु भयाे ।

उहाँलाई उपचारका लागि डडेल्धुरा लगिएको थियाे ।  उता बाट  टाउकाेमा चाेट लागेकाेले धनगढीकाे निसर्ग अस्पतालमा थप उपचारकाे लागि पठाईएकाे डडेल्धुरा अस्पतालका प्रयाेशाला प्राविधिक(ल्याब टेक्निसिएन)रमेश बाेहराले जानकारी दिनु भएकाे छ । उहाँको अवस्था मध्यम रहेकाे समेत बाेहराले बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.