धनगढी । कैलाली बहुमुखी क्याम्पसमा मंगलबार र बुधबार केएमसी डिबेट क्लबले आयोजना गरेको संसदिय नमुना बहस सम्पन्न भएको छ ।
डिबेट क्लबका संयोजक गणेश खत्रीको संयोजकत्व र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राध्यापक ठाकुर प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा उक्त दुई दिने कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुलाई वादविवादको भिन्न तथा नवीन तरिका र सांसदको भुमिका, कामबार्वाही, कार्यशैली, कानून निर्माण प्रक्रिया, विधेयक प्रस्तुत लगायतका विषयबारे जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त नमुना संसदिय अभ्यास कार्यक्रममा ६२ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यार्थीहरुलाई संसदमा हुने संसदीय ढाँचामा सत्तापक्ष र प्रतिपक्षका मुख्य भुमिकामा अभ्यास गराइएको थियो । कार्यक्रममा स्ववियुका अध्यक्ष यमराज जोशी लगायतका पदाधिकारी र विद्यर्थी संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
केएमसी डट् कमका लागि जयन्त सिंह भाट र गिरिजा प्रसाद पनेरुले समेट्नुभएका केहि प्रतिनिधि तस्बीरहरुः