धनगढीमा कानूनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

धनगढी – धनगढीमा प्रथम कानूनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार धनगढीमा रहेको कैलाली जनपुस्तकालयको सभाहलमा प्रतियोगिता गरिएको हो।

बोलन्या थलिको आयोजनामा अमेरिकी कर्नर धनगढीको सहकार्य तथा डेनोभ इन्स्टिच्युटको प्रायोजकत्वमा प्रतियोगिता गरिएको छ ।

१० वटा समूहहरु सहभागीता रहेको उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम एसपिए ‘ए’, द्वितीय सीसीएस प्लस टु, तृतीय एक्सीस पल्स टु र सान्त्वना एसपीए ‘बी’ भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय  र सान्त्वना हुने समूहलाई मेडल प्रमाणपत्र सहित सुदूरपश्चिम ऐन संग्रह नामक पुस्तक वितरण गरिएको कार्यक्रम संयोजक प्रविन चन्दले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.