धनगढीमा ग्रासरुट क्रिकेटका लागि प्रशिक्षक नियुक्त

धनगढी – धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन् ।

माघ पहिलो साता धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई नियुक्त गरिएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन् ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यू १९ देखि राष्ट्रिय प्रतियोगितामाहरुमा खेलिसकेका छन् । खेलजीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

Leave A Reply

Your email address will not be published.