धनगढी। फागुन २ गते धनगढीमा भ्यालेन्टाइनडे अर्थात प्रणय दिवसको अवसरमा सुदुर चौतारीद्धारा आयोजित प्रेमपत्र प्रतियोगिता २०८० हुने भएको छ ।
प्रेम दिवसको नाममा समाजमा हुने अचेतनशिल गतिविधि न्युनीकरण गर्न र प्रेम दिवसलाई पनि अन्य सामाजिक मौलिक पर्व जस्तै सक्रात्मक ढंग बाट आफन्तहरु प्रतिको माया,सद्भाव, दर्शाउन तथा बिकृतिको अन्त्य गर्न, प्रेम दिनको रुपमा सक्रात्मक व्यापकता पहिल्याउने उदेश्यका साथ प्रेमपत्र प्रतियोगिता २०८० आयोजना गर्न लागिएको सुदुर चौतारीद्धारा मंगलवार भएको पत्रकार सम्मेलनमा जनाएको छ ।
आयोजक समितीका अनुसार टाइपिङ्ग वा हस्तलिखित प्रेम पत्र कम्तिमा एक हजार शब्दको हुनुपर्ने,प्रेम पत्रका रुपमा प्रेम–प्रेमीकाका साथै जन्म दिने आमा÷बुवा,देश, प्रकृती, मौलिक संस्कृति,परम्परा राख्न सकिने जस्ता नियम तथा सर्तहरु रहेका छन्।
उक्त पत्र फागुन २९ गते भित्र ईमेलमा premchand2075@gmail=com,वाट्सएप नम्बर 9848983880 मार्फत पठाउन सकिने र धनगढी एसपिए रोडमा सहभागी भएर बुझाउन सकिने सुदूर चौतारीका व्यवस्थापक प्रेम विवश चन्दले बताउनु भयो । २९ गते भित्र प्राप्त भएका प्रेम पत्रलाई निर्णायक मण्डलको मुल्याङ्कनका आधारमा उत्कृष्ट १० जनालाई कार्यक्रममा सहभागी गराईने चन्दले बताउनु भयो । पत्राचार गर्ने मिति भन्दा ढिलो प्रेमपत्र आएमा कुनै पनी मान्यता नरहने समेत उहाँले बताउनु भयो ।
उक्त प्रतियोगितामा सहभागी उत्कृष्ट १० जना आफैले पत्र वाचन गर्नुपर्ने सुदुर चौतारीका निर्देशक युवराज जोशीले बताउनु भयो । त्यसबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद रु पाँच हजार एक सय , चार हजार एक सय र तीन हजार एक सय र उपहारसहित सम्मान गरिने छ ।
प्रतियोगिता भ्यालेन्टाइनडे अर्थात प्रणय दिवसका दिन फागुन २ गते धनगढीको चौराहामा रहेको सौराई होटेलमा हुने आयोजक समितिले जनाएको छ ।