देशमा संघीयता भएको कसैलाई मन परेको छैन : मन्त्री धामी

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले संघीयता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशको सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।

“देशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम संघीयता केही पनि छैन । कि संघीयता कार्यान्वयन गरौं होइन भने खारेज गरौं । यसको कार्यान्वयनको लागि सबै लागौँ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारको औद्योगिक क्षेत्र नभएको स्वीकार गर्दै  केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अवस्थामा रहेका छन् । डुडेझारी, लालपुर र दैजी कसलाई औद्योगिक क्षेत्र बनाउने हो संघले टुंग्याउनुपर्ने भएकाेले तानातान भएकाे छ ।”

मन्त्री धामीले औद्योगिक क्षेत्र घोषणाको लागि घोषणा होइन कि हाम्रै जिवनकालमा उद्योग खोल्ने गरि काम गर्नुपर्ने बताउनुभयाे । उद्योग वाणिज्य संघको जारी प्रदेश अधिवेशन औद्योगिक क्षेत्र कहाँ राख्ने हो तथ्यसहितको सुझाव दिनुपर्ने माग गर्नुभयाे । यस्तै धामीले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन सबैले इमानदार भएर काम गर्नुपर्ने उहाँले बताउनु भएकाे छ ।

“कर कसले तिर्नुपर्छ, कसले ठग्ने गरेको छ । यहाँ उपस्थित सबैलाई थाहा छ । खाली नेताहरूलाई मात्रै गाली गरेर हुँदैन । नेताहरूलाई चोरी, भ्रष्टाचार गर्न सिकाउने व्यवसायी र अन्य नागरिक  नै हुन् ।” उहाँले थप्नुभयो, “देशमा भएको पैसा कहाँ गयो भनेर नेताहरु तिर फर्केर केही हुने वाला छैन ।”

यस्तै मन्त्री धामीले सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन निजी क्षेत्रका व्यवसायीको सर सल्लाहमा सारिएको बताउनुभयाे । असोज २१ र २२ गते यहाँ हुने लगानी सम्मेलनको विशेष महत्त्व रहेकोसमेत उहाँले जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.