धनगढी। सोमबार प्रजातन्त्र दिवसको अवसरमा कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय तेस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको आयोजनामा नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
उक्त सेमेस्टरमा अध्यनरत छात्र निर्मल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कानुन संकायका तेस्रो र चौथो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरुले नव आगन्तुक पहिलो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरुसँग कानुन संकाय अध्यन गर्दा भएका बिभिन्न अनुभवहरु साटासाट गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नु हुदै आफ्ना जुन सपना बोकेर आउनु भएको छ त्यो सपना पुरा गर्नु हुने छ भन्ने आसा आफु लगायत क्याम्पस परीवारको रहेको कानुन संकाय प्रमुख पदम पालले बताउनु भयो । पछिल्लो समयमा कानुनका विद्यार्थीको आवश्यकता बढ्दै गएकोले पढेका कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्ने कार्यक्रमका बिशिष्ट अतिथी तथा प्राध्यपक संघ केएमसीका सभापति शिव प्रशाद सापकोटाले बताउनु भयो ।
कार्यक्रममा गायन,नृत्य लगायत बिभिन्न साहित्यक प्रस्तुतीहरु राखिएको थियो। कार्यक्रमका बिशिष्ट अतिथी प्राध्यपक संघ केएमसीका सभापति शिव प्रशाद सापकोटा रहनु भएको थियो । क्याम्पसका उप प्राध्यापक,सह प्राध्यापक र कानुन संकायका बिभिन्न सेमेष्टरमा अध्यनरत विध्यार्थीहरुको सहभागीता रहेको थियो ।