धनगढीको एक्सिस विद्याश्रमले मनायो १९औं वार्षिकोत्सव 

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

सोमबार विविध कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिसहित १९औं वार्षिकोत्सव समारोह मनाइएको हो ।

राष्ट्रिय परिक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख धनपति भेटुवाल प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा एक्सिस विद्याश्रमकि प्राचार्य अनिता पन्तको अध्यक्षता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सृजना गरेका विभिन्न प्रविधिका उपकरणहरु पनि प्रदर्शनीमा राखिएको थियो । शिक्षक केशव भट्टले स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहको सञ्चालन शिक्षक नवराज भट्ट र विष्णु पोखरेल तथा विद्यार्थी वर्षा अधिकारी र गणेश धामीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.