विज्ञान संकायका विद्यार्थीहरुद्धारा आयोजित परिचयात्मक एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा वि.एस.सी- सि.एस.आईटी तेस्रो सेमेस्टरमा अध्ययारत विद्यार्थीहरुद्धारा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमकाबिच प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसंग परिचय सहित अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमकका प्रमुख अतिथि क्याम्पसका प्राध्यापक डा.धिरेन्द्र ठाकुर रहनुभएको थियो । सुचना प्रविधिको क्षेत्र उच्च रोजगारीको सम्भावना बोकेको क्षेत्र भएकोले विद्यार्थीहरुले सिप विकास र क्षमता निर्माणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम विद्यार्थी सुगम चौधरीको सभापतित्वमा आयोजना गरिएको हो । दशरथ भट्ट सञ्चालक हुनुहुन्थ्यो । स्ववियुका अध्यक्ष यमराज जोशी सहित पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांगितिक र नृत्य प्रस्तुुत समेत प्रस्तुत गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.