धनगढीमा फागुन १६ देखि २० गते सम्म (कानुन सम्बन्धित) आरम्भ ल फेस्ट आयोजना हुने

धनगढी । धनगढीमा फागुन १६ देखि २० गते सम्म (कानुन सम्बन्धित) आरम्भ ल फेस्ट आयोजना हुने भएको छ ।

विद्यार्थी र युवाको क्षमता विकासमा काम गर्दै आइरहेको नयाँ युवा नयाँ सोच सेवा समाज नेपालले उक्त उत्सव मनाउन लागेको आरम्भ कानुनी शिक्षा केन्द्र धनगढी शाखाका संयोजक ओम प्रकाश वस्तीले जानकारी दिनुभयो । चार दिन सम्म सञ्चालन हुने उक्त कानुनी उत्सवमा धनगढी भित्रका प्रविणता प्रमाणपत्र तहका कानुन संकायका बिद्यार्थीहरु सहभागी र प्रतियोगिको रुपमा रहने छ्न । जसमा प्रत्येक विद्यालयबाट १३ जनाको फरक फरक विधामा सहभागीता जनाउने उहाँले बताउनुभयो ।

उक्त आरम्भ ल फेस्टमा विद्यार्थीहरुको सिकाइ र प्रतिस्पर्धाका लागि दुई सदानात्मक संसदीय बहस प्रतियोगिता, कानुनी हाजिरिजवाफ प्रतियोगिता, कानुनी कविता प्रतियोगिता, कानुनी मस्यौदा लेखन प्रतियोगिता र समसामयिक सिर्जनशील लेखन प्रतियोगिता गरि फरक फरक ५ विधाहरुमा विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइने छ । विधा बिजेता लगायतलाई सम्मान तथा पुरस्कृत समेत गरिने संयोजक वस्तीले बताउनुभयो ।

कानुनसंग सम्बन्धित नयाँ र फरक विधा सहित सुदुरपश्चिम र समग्र देश मै पहिलो पटक हुन लागेको यस्तो कार्यक्रमले बिद्यार्थीहरुलाई सम्बन्धित विषयसंगै व्यावहारिक अभ्यासमा जोड्न सक्ने र बिद्यार्थीहरु बिच सकारात्मक प्रतिस्पर्धा हुनुका साथै क्षमता विकास र सिक्ने अवसर प्राप्त हुने भएकाले उक्त फेस्ट अन्तर्गत यस्ता कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक ओम प्रकाश वस्तीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.