धनगढी। कैलाली बहुमुखी क्याम्पसमा जनसङख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सञ्चालन भएको छ ।
बि.एड.चौथो वर्ष जनसङख्या (माइनर)समुह कैलाली बहुमुखी क्याम्पसद्धारा सञ्चालीत परियोजना कार्य तथा गोष्ठी तिन दिन (फागुन२७–२९)सम्म सञ्चालन हुने भएको छ । उक्त गोष्ठीमा बि.एड.चौथो वर्षमा अध्यनरथ विद्यार्थीहरुले तयार पारेको प्रतिबेदन समुह अनुसार तीन दिनसम्म प्रस्तुत गर्ने जनसङख्या विषय विशेषज्ञ महेश राज जोशीले बताउनु भयो ।
“अनुसन्धानमुलक विषयबस्तुको बारेमा सैदान्तिक ज्ञान हासील गरीसके पछि त्यसैको व्यवहारीक ज्ञान हासील गर्नको लागी समावेश पाठ्यबस्तु भित्र बाटै पर्ने गरी हरेक बिद्यार्थीले व्यक्तिगत रुपमा वा सामुसहिक रुपमा एक एक वटा बिषयबस्तु उठान गरेर त्यसमा सोधखोज अनुसन्धान अथवा अध्यन गरेको आधारमा पत्ता लागेका कुरालाई समुहगत रुपमा कार्यशाला गोष्ठीको आयोजना गरेर हरेक समुसहका विद्यार्थीले सामुहिक रुपमा प्रस्तुत गर्ने” विशेषज्ञ जोशीले बताउनु भयो । गोष्ठीमा भएको उपस्तिथीले व्यवहारीक ज्ञानको लागी महत्वपुर्ण भएको प्राध्यापक डा.डिल्लीराज फुलाराले बताउनु भयो ।
बि.एड.चौथो वर्षमा अध्यनरथ रोहित सिह महताको सभापतित्वमा भएको उक्त गोष्ठीका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख लोक बहादुर बिष्ट, विशिष्ट अतिथि प्राध्यापक डा.डिल्लीराज फुलारा, बि.एड÷ बि.एड सी.एस.आई.टी.डाक्टर प्रयागराज जोशी,सहप्राध्यापक गणेशराज जोशी रहनु भएको थियो । गोष्ठीमा उपस्तिथ सम्पुर्ण सह–प्राध्यापक,उप–प्रध्यापकहरुले शुभकामना मन्तव्यामा बोल्दै बिभिन्न क्रियाकलाप बाट सिकेका कुराहरुलाई व्यवहारमा विद्यार्थीहरुले लागु गर्नु पर्ने बताउनु भयो ।