धनगढी। साथी सहजकर्ता ८ दिने रुपान्तरण तालीम सम्पन्न भएको छ ।
युएन एफ पिए, भिएसओ र पिस्वीनको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा भएको ८ दिने साथी सहजकर्ता तालीम आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका तिन जिल्ला ( बैतडी,अछाम र कैलाली) का किशोर किशोरीहरुको सहभागिता रहेको थियो । तालीममा लैङगिक हिंसा र छुवाछुत र बाल अधिकार, किशोरावस्थामा आउने परीर्वतनका बारेमा जानकारी गराएको ८ दिने तालीमकी प्रशिक्षक पार्वती ओलीले बताउनु भयो ।
तालिममा सिकेका कुराहरु आफ्रनो विद्यालयमा गएर साथीहरुसँग साटासाट गर्न र परीवारका सदस्यहरुलाई सम्झाउन महिला शाखा प्रमुख अनिता बुढा एरले सुझाउनुभयो । तालिममा सहभागी हुनुभएका किशोर किशोरीहरुले आफ्नो सुरक्षा कसरी गर्ने, आफुलाई कसरी सुरक्षीत बनाउने भन्नेबारे आफुहरु पुर्णरुपमा जानकार भएको बताउनु भयो ।