धनगढी – कैलाली वितरक संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
शनिबार धनगढीको पर्यटकीय क्षेत्र जाखोर तालमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
संघका अध्यक्ष सिद्धराज पनेरूको अध्यक्षतामा भएको उक्त सभामा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य मदनराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
संघका महासचिव भरत बहादुर खड्काले सञ्चालन गरेको उक्त सभामा कोषाध्यक्ष कृष्णराज पन्तले संघको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव खड्काले वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष महेन्द्रकुमार सिंहले स्वागत मन्तव्य राखेको सभामा संघले उत्कृष्ट पदाधिकारीको रुपमा सचिव खेमकुमार चोखाललाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको अध्यक्ष पनेरूले बताउनुभयो
अध्यक्ष सिद्धराज पनेरूले संघको स्थापना कालदेखि हालसम्मका गतिविधि माथि प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।