धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ ।
आइतबारबाट क्याम्पसले आफ्नो ४४ औँ वार्षिक उत्सवको अवसरमा एक हप्ता विभिन्न प्रतियोगिताहरु गरेर मनाउन लागेको हो ।
खेल सप्ताहमा हुने प्रतियोगिताबाट विभिन्न विधाका प्रतिभाशाली विद्यार्थीको पहिचान गरिने क्याम्पस प्रमुख तोयाराज भट्टले बताउनुभयो । उहाँले क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीलाई प्रतियोगिताहरुमा सहभागी हुन पनि अनुराेध गर्नुभएको छ ।
विद्यार्थीलाई पढाइसँगै खेलकुद लगायत अन्य क्रियाकलापमा सहभागी गराउँन आवश्यक रहेकाले क्याम्पसमा यस्तै प्रतियोगिताहरु बेला बेलामा भइरहनुपर्ने क्याम्पसका स्ववियु सभापति यमराज जोशीले बताउनुभयो ।