रुपालको कैलपाल मावि पनिउटमा सरस्वती मन्दिर निर्माणका लागि आर्थिक सहयोगको अपिल

रुपाल – डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपालको कैलपाल मावि पनिउटमा सरस्वती मन्दिर निर्माण र मञ्च मर्मत कार्यका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

विद्यालयले आर्थिक अभियान्ताका लागि विद्यालयका पूर्व विद्यार्थी प्रेम प्रसाद भट्टलाई जिम्मेवारी दिइएको प्रधानाध्यापक नरबहादुर ठकुराठीले बताउनुभयो ।

विद्यालयका भूतपूर्व विद्यार्थीहरु लगायत सरोकारवाला सम्पूर्ण मनकारी सहयोगी दाताहरुलाई मन्दिर निर्माणका लागि विद्यालयको तर्फबाट अनुरोध गरिएको प्रधानाध्यापक ठकुराठीले बताउनुभएको छ ।

आर्थिक सहयोगको सुरुवातमा कैलपाल माविकै प्रधानाध्यापक नरबहादुर ठकुराठीले नगद ११ हजार र विद्यालयमा अध्यापनरत अन्य शिक्षक लोकबहादुर ठकुराठीले नगद ७ हजार ५ सय, प्रेमसिंह कठायतले नगद ७ हजार, गँगाबहादुर ठकुराठीले नगद ७  हजार र डिल्लीराज भट्टले नगद ६ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

सहयोगका लागि PREM PRASAD BHATTA को नाममा Manjushree Finance Limited मा रहेको खाता नम्बर 005000014610 मा सहयोग रमक पठाउँन सकिने अथवा 9862487514 मा सम्पर्क गर्न सकिने छ ।

सहयोगका लागि ‘QR’ पनि उपलब्ध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.