सुदुरपश्चिम विश्वविद्यालयलाई माथि उकास्छु: नवनियुक्त उपकुलपति पन्त (कुराकानी)

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालको स्थान र शैक्षिक गुणस्तर माथि उकास्न सक्रियताका साथ काम गर्ने बताउनुभएको छ ।
विहिबार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नयाँ न्युक्ति पाउनुभएका डा. पन्तले रेडियो केएमसीसंग संवाद गर्दै विश्वविद्यालय र यससंग आवद्ध क्याम्पसहरुमा रहेका आधारभुत समस्या र आवश्यकता हरुलाई योजनाबद्ध रुपमा सम्बोधन गरिने बताउनुभएको हो ।
“ विदेशमा थुप्रै आवसरका बावजुत पनि आफ्नै देशको सेवा गर्ने र नेपालका विश्वविद्यालयलाई पनि अझ गुणस्तरिय बनाउनु पर्छ भन्ने भावनाले पुलचोक ईन्ष्टिच्युट अफ ईन्जिनियरिङमा केमिकल ईन्जिनियरिङ स्थापना गरेर विभागिय प्रमुखको रुपमा काम गरेँ” उहाँले भन्नुभयो,“सुदूरपश्चिम विश्विद्यलयको हकमा पनि शैक्षिक क्यालेण्डर र अपेक्षा अनुसार काम हुन नसकिरहँदा बजारमुखी र दक्ष जनशक्ति उत्पादन गर्नु अहम भुमिका लाग्छ त्यसैले अबको मेरो लक्ष्य भनेको प्राज्ञिक र व्यवसायिक जनक्ति उत्पादन गर्नु हो”
विश्वविद्यालय सञ्चालन बारे के-कस्ता योजना छन् र क्याम्पसहरुको समायोजनको प्रक्रिया कसरी टुङ्गिछ त? भन्नेबारे उपकुलपति डा.हेमराज पन्तसंग रेडियो केएमसीका लागि जयन्त सिंह भाटले गर्नुभएको विस्तृत कुराकानी तलको अडियोमा सुन्नुहोसः 

Leave A Reply

Your email address will not be published.