नयाँ प्रतिभा खोजिका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम केएमसीमा

धनगढी। नयाँ प्रतिभा खोजिका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील लेखक संघ नेपाल कैलालीको आयोजनामा आइतबार (जेठ ६ गते ) कैलाली बुहुमुखी क्याम्पसमा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तीस जना स्रष्टाले आ–आफ्ना कविता, गीत, गजल, मुक्तकलगायतका रचना प्रस्तुत गर्नु भएको थियो । गोविन्द शाह, गोपाल बुढा, गोविन्द बुढा, बसन्ती साउद, किरण विश्वकर्मा, प्रकाश खत्री , लभदेव धामी,हिरा मगर, पवन सुनार,बिनोद सी र विजय उपाध्यायले रचना वाचन गर्नु भएको थियो ।
त्यस्तै भुवन मिश्र, नवीन सापकोटा , देवकी ढुंगाना,सरिता बिष्ट ,कमला तिमिल्सिना, हेमन्त प्रशाद जोशी, विनोद अधिकारी,सरस्वती भट्टराई, अवि प्यारे, धर्म तिमिल्सिना,हर्क जोशी, सुनिल राज जोशी, पदमराज जोशी लगायतले आ–आफ्ना सिर्जना कार्यक्रममा प्रस्तुत गर्नु भयो । प्रगतिशील लेखक संघ कैलालीका संयोजक ओमप्रकाश पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह प्रमुख अतिथि रहनु भएको थियो । अतिथिको रुपमा सहभागी स्रष्टाहरुमा केशव नाथ योगी,गौरा धामी (पुर्णिामा),कोपिला शर्मा, यमराज जोशी, रमेश नागरी, सुरेश बिक लगायतले पनि रचना वाचन गर्नु भएको थियो ।
जिल्ला सदस्य दशरथ भट्टद्धारा सञ्चालन गरेको कार्यक्रममा दशरथसिंह धामीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक,स्ववियु सभापति लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले क्याम्पसमा अध्ययनरत स्रष्टालाई हौसला र उर्जा प्रदान गरेको सहभागीहरुको प्रतिक्रिया रहेको थियो ।

Leave A Reply

Your email address will not be published.