धनगढी – धनगढीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाको आयोजनामा शैलेश्वरी बोर्डिङ स्कुलको समन्वय, परिवार नियोजन संघको सहयोगका साथै पञ्चोदय माध्यमिक विद्यालयको व्यवस्थापकिय समन्वयमा (एचपीबी डिएनए टेस्ट) महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
जसमा धनगढी उपमहानगरपालिकामा कार्यरत नर्सिंङ स्टाफ र परिवार नियोजन तालिम प्राप्त नर्सिंङहरूले उक्त जाँचमा सहयोग गर्नुभएको हो । स्क्रिनिङबाट शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलमा १०३ जना महिला र पञ्चोदय माध्यमिक विद्यालयमा लगभग २०० महिलाहरुले चेकजाँच गरेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सी अनमी निरीक्षक गीता रिजाल भट्टले बताउनुभयो ।
स्क्रिनिङ विधिबाट जाँच गर्दा महिलाहरूमा अहिले विश्वभरि बढ्दो क्रममा रहेको समस्या भनेको पाठेघरको मुखको क्यान्सर रहेको र जुन क्यान्सरलाई समयमै पहिचान तथा व्यवस्थापन गर्न सकियो भने पूर्णरूपमा निको बनाउन सकिने निरीक्षक भट्टले बताउनुभयो। क्यान्सर भन्ने बित्तिकै जनमानसमा एक किसिमको त्रास रहेको हुँदा यसको पहिचान समयमा हुनुपर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको नीति अनुसार बेलैमा महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने गरेको एउटा विधि भिआइए विधि एच.पिवि. डीएनए टेस्ट व्याप स्मियर टेस्टबाट यसको जाँच गर्ने गरेको भट्टले बताउनुभयो योभन्दा अगाडि चैत महिनामा पनि धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा सेवा दिएको जानकारी गराउनुभयो ।
“एचपीपी डिएनए टेस्ट महिलाहरूको पाठेघरको स्वापहरूलाई सङ्कलन गरेर प्रयोगशालामा पठाएर उहाँहरूको पाठेघरको मुखको ह्युमन क्याप्सनमा भाइरसको सङ्ख्या कति छ भनेर त्यसलाई निराकरण गरिन्छ”, “त्यसअन्तर्गत सबैमा भाइरस देखियो भन्दैमा आत्तिनु पर्दैन” उक्त भाइरस अधिकांश महिलाहरूमा देखिए तापनि पछि बिस्तारै निको भएर जान्छ भने केही महिलाहरूमा अलि भाइरल छ भने तुरुन्तै उहाँहरूलाई सम्बन्धित ठाउँमा पठाएर पहिलो चरणमा नै उपचार तथा व्यवस्थापन हुने भट्टले बताउनुभयो । “जसले गर्दा क्यान्सर लाग्न सक्ने सम्भावनालाई न्यूनीकरण गरेर महिलाहरूको जोखिम र रोग लाग्ने दरको जोखिमता लाई कम गर्न सकिने उहाँले बताउनुभएको छ। एकपटक एचपीबी डिएनए टेस्ट गर्यो भने पाँच वर्षसम्म महिलाहरूले फेरि दोहोर्याएर टेस्ट गर्नु नपर्ने बताउनुभयो। धनगढी उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण ३० वर्ष माथिका महिलाहरूलाई उक्त जाँच गरिने भट्टले बताउनुभएको छ ।