यी हुन् धुम्रपान सेवनले लाग्ने प्रमुख रोग

धनगढी। चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् । निकोटिनले १० सेकेन्डमा मस्तिष्कमा असर गर्न सुरु गर्छ । निकोटिन मुटुका लागि पनि धेरै नै हानिकारक हुन्छ । धुम्रपानले क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यसले क्यान्सरभन्दा बढी मुटु रोग निम्त्याउने सम्भावना हुन्छ ।

दीर्घकालीन धुम्रपानले गम्भीर रूपमा शरीरको रक्षा संयन्त्र र उपचार क्षमतालाई असर गर्छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नसर्ने रोगको पनि कारण मानिन्छ । अर्को कुरा, धुम्रपानले सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई पनि बढी असर गर्छ । धूम्रपानको रुपमा प्रयोग गरिने चुरोट, बिँडी तमाखु, ककड, हुक्का, पाइप र धुँवा रहित मुखमा चपाएर खाने जस्तैः सुर्ती, खैनी, पान, पराग, गुट्खा नै सुर्तीजन्य पदार्थहरु हुन्। जुनसुकै रुपमा यसको प्रयोग गरेतापनि यसको सेवनले मानव शरीरको स्वास्थ्यमा प्रतिकूल असर पार्दछ ।

धूम्रपान भनेको केहो?

धूम्रपान एक प्रकारको दुव्र्यसन हो। धूम्रपान भन्नाले खासगरी सुर्तीको धुँवा खाने हो। धुँवा खाने तरीकाहरु विभिन्न छन् जस्तैः कसैले हुक्काबाट तमाखुको धुँवा तान्दछन् भने कसैले कागज वा पातमा सुर्तीलाई बेरेर त्यसलाई सल्काई ओठमा च्यापी धुँवा तान्ने गर्दछन्। त्यसैले चुरोट बिँडी तमाखु,, कक्ड जस्ता सुर्तीजन्य पदार्थहरुको सेवन नै धूम्रपान हो।
धूम्रपान स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी उत्पादन कम्पनीले नै दिएका हुन्छन । चुरोट, सुर्ती र बिँडीजस्ता धूम्रपानजन्य वस्तुको प्याकेटको बाहिर यसका बेफाइदाबारे प्रस्ट लेखिएको हुन्छ । धूम्रपान गर्ने अधिकांश व्यक्तिसमेत यसको असरबारे अनविज्ञ हुँदैनन् । तर, प्रत्येक वर्ष विश्वका लाखौँ व्यक्तिले धूम्रपान सुरु गर्छन् । जानेर पनी जीवनभरका लागि कुलतमा फस्छन , भने पछिल्लो समयका युवाहरु धेरैजसो साथीहरुको संगत बाट पनी कुलतमा पर्ने गरेका हुन्छन् ।

कहिले देखी विश्व धुम्रपान दिवस मनाउन थालीयो?

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए र सन् १९८८ अप्रिल ७ मा विश्व धूम्रपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरिदिएपछि मे ३१ लाई विश्व धूम्रपानरहित दिवसको रुपमा मनाउन थालियो।

यो वर्ष बिश्व स्वास्थ्य सङ्गठनको नारा

यो वर्ष बिश्व स्वास्थ्य सङ्गठनको नारा Commit to Quit रहेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हरेक वर्ष करिब ८० करोड किलो चुरोटको ठुट्टो तथा अन्य हानिकारक पदार्थ निस्किने गर्दछ साथै हजारौ घातक रसायनहरु हावा, पानी तथा जमिनमा मिसिने गर्दछ। प्लाष्टिकबाट बनेका यी फिल्टरहरु माटोमा पतनशिल हुन दशौ वर्ष लाग्दछ र ति सल्केका ठुटाहरुमा हुने हानिकारक रसायनहरुले माटोमा गाडिसकेपछी पनि जमिन र वातावरणमा नकारात्मक असार गर्दछ।

धुम्रपान सेवनले लाग्ने प्रमुख रोग यी हुन्

–गर्भको बच्चा कमजोर, रोगी र अपाङ्गता हुने,
–काम गर्ने क्षमतामा कमी हुने,
–मानसिक स्वास्थ्यमा असर पर्ने ।
–फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर,
–दम, खोकी, लाग्ने
–मुटुको रोग हुने,
–मस्तिष्कमा रक्तश्राव हुने,
सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको रगत र मस्तिष्कमा असर पु¥याउँछ । जसकारण धुम्रपान गर्नेे लत बस्छ । लत बसेपछि धुम्रपान छाड्न गाह्रो हुन्छ ।

धुम्रपानको लतबाट कसरी बच्ने ?

–धुम्रपान छुटाउन स्वास्थ्यकर्मीको सल्लाह लिने ।
–धुम्रपानले गर्ने असरबारे सोच्ने,
–साथीभाइको दबाबमा नपर्ने,

 

1 Comment
  1. drover sointeru says

    Hiya! I know this is kinda off topic however I’d figured I’d ask. Would you be interested in trading links or maybe guest writing a blog article or vice-versa? My blog addresses a lot of the same topics as yours and I think we could greatly benefit from each other. If you might be interested feel free to shoot me an email. I look forward to hearing from you! Terrific blog by the way!

Your email address will not be published.