च्यारिटी हेल्थ फाउन्डेसनको सामाजिक परीक्षण सम्पन्न

धनगढी। च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सामाजिक परीक्षण कार्यक्रम शुक्रवार धनगढीमा सम्पन्न गरेको छ ।
फाउन्डेशनले आर्थिक २०७९/८० को सामाजिक परीक्षण गरेको हो । च्यारिटी हेल्थ फाउन्डेसन आँखा स्वास्थ्यका क्षेत्रमा कि्याशिल सामाजिक संस्था हो । सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत प्रतिवेदनका अनुसार संस्थाले एक बर्षको अवधीमा २ सय ५२ वटा आँखा शिविर सञ्चालन गरेको छ । त्यसैगरी ६२ हजार २ जनाको आँखा जाँच, १५ हजार ३४ जनालाई निशुल्क लेखपढ गर्ने चस्मा वितरण र ७ हजार ११ जनाको निशुल्क आँखाको अपरेशन गरेको छ ।
शवबहान कार्याक्रम अन्तरगत ६२ को निशुल्क शव ढुवानी, १६ जनाको सशुल्क शव ढुवानी गरि ७८ शव ढुवानी गरेको उल्लेख छ । संस्थाले बिभिन्न जिल्लामा गरि १२ वटा आँखा उपचार केन्द्र सञ्चालन गरेर सेवा दिईरहेको संस्थाले सामाजिक परीक्षणमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाले नेत्रसहायक कर्मचारीका लागि तालिम र विद्यालयमा पनि आँखाजाँच, उपचार र चस्मा वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले च्यारिटी हेल्थ फाउन्डेसनको आँखा स्वास्थ्यका क्षेत्रमा प्रदेशभरी नै योगदान दिएको बताउनुभयाे । च्यारिटी हेल्थ फाउन्डेसन खुलेपछि पैशा नभएका कारण आँखाको उपचार पाउनबाट काेहि पनि बन्चित हुनपरेको छैन, वडा अध्यक्ष खड्काले भन्नुभयाे ।
च्यारिटी हेल्थ फाउन्डेसन नेपालका संस्थापक सदस्य चक्रबहादुर सिंहले संस्थाका सबै काम खुला र पारदर्शि रहेको बताउनु भयाे । उहाँले भन्नु भयाे, सेवा भावबाट खुलेको संस्था भएकाले सुशासन प्रवद्र्धन गर्न समाजिक लेखा परीक्षण गरिएको हो ।’ पछिल्लो पटक संस्थाले सेवा क्षेत्र बिस्तार गर्दै लगेको च्यारिटी हेल्थ फाउन्डेसन नेपालका सदस्य तथा संस्थाको साझेदार संस्था धनगढी नेत्रालयका अध्यक्ष रणबहादुर चन्दले बताउनुभयाे । सामाजिक परीक्षण कार्यक्रमको सहजिकरण पत्रकार टेकेन्द्र देउवाले गर्नुभएकाे थियाे, भने कार्यक्रम च्यारिटी हेल्थ फाउन्डेसनका निर्देशक त्रिलोक पाण्डेयले गर्नुभएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.