धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना हुने

धनगढी। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो भोली बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने छ ।
धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उहाँहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताउनुभयो । उहाँले उक्त कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताउनु भयो ।
कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीले बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस धनगढी शाखाले विभिन्न समयमा विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी गराउदै आएको छ ।
अमेरिका, अष्ट्रेलिया क्यानडा, वेलायत, लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्याथीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले धनगढीबाट सुविधा दिदै आएको छ ।
विशेष गरी अष्ट्रेलिया, क्यानाडा, युके, र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको प्रबन्ध निर्देशक चौधरीले बताउनुभयो । एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पुर्याउने काम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.