फागुन ९ ,कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्पन्न भएको छ ।
२०८१ मा विभिन्न संकायमा भर्ना भई स्नातकतह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको एक कार्यक्रमका बीच स्वागत गरिएको हाे। कार्यक्रममा खाँदा र टीका लगाई विद्यार्थीलाई स्वागत गरेको हो। स्वागत कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्राध्यापक ताेयराज भट्ट रहनु भएको थियो । स्वागत कार्यक्रममा प्राध्यापकहरु र विभिन्न विद्यार्थी संगठनका नेताहरूले शुभकामना पनि मन्तब्य राख्नुभएको थियाे।
कार्यक्रमको अध्यक्षतामा स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशी गर्नुभएको थियाे। उक्त कार्यक्रममा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरू पनि देखाएको थियो भने नव आगन्तुक विद्यार्थीसँगै सबै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू उपस्थित रहनुभएकाे थियो । कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष पन्तले गर्नुभएको थियाे । स्वागत कार्यक्रमको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरू र तेस्रो सेमेस्टरका अध्ययनरत विद्यार्थीहरुले लिएका थिए।