धनगढी । धनगढीमा आइतबार चैत १० गत्तेबाट ५ दिने आत्मरक्षा तालिम सुरुभएको छ ।
प्रदेश युवा परिषद,सुदूरपश्चिम प्रदेश र प्रहार नेपालको संयुक्त आयोजनामा महिला हिंसा न्युनिकरणका लागि उक्त तालिम सञ्चालन गरिएको हो । महिला माथि हुने हिंसा विरुद्ध सशक्तिकरणका लागि उक्त तालिम चौध गत्ते सम्म दिइने प्रहार नेपालका अध्ययक्ष प्रकाश चन्दले बताउनु भयो ।
धनगढी उपमहानगरपालिका–४,रिद्धिसिद्धि पार्टी प्यालेसमा भइरहेको तालिममा विभिन्न कलेज, स्कुल, नर्सिङ कलेज गरि चार सय भन्दा बढी महिला विद्यार्थीहरुको सहभागी रहेको चन्दले बताउनु भयो । तालिम लिइरहेको मध्यबाट अन्तिम दिन छनोट गरेर उत्कृष्टलाई पुनः प्रशिक्षण गराइने र उहाँहरुले विभिन्न कलेज, स्कुलमा गएर त्यहाँका महिला विद्यार्थीहरुलाई तालिम समेत दिनुपर्ने चन्दले जानकारी दिनुभयो ।
प्रहार नेपालले दिनहुुँ महिलामाथि हुनेगरेको हिंसा न्युनीकरण गर्ने उदेश्यका साथ विगत लामो समय देखि ३७ हजार ४ सय भन्दाबढी महिलाहरुलाई तालिम दिईसकेको छ । उक्त तालिमका मुख्य प्रशिक्षकका रुपमा प्रहार नेपालका अध्ययक्ष प्रकाश चन्द रहनु भएको छ ।