स्ववियु केएमसीद्वारा व्यङ्ग्यात्मक खबरदारी, परिक्षा नियन्त्रकलाई भित्ते घडी र क्यालेण्डर उपहार
धनगढी । सन्तोष पन्त नेतृत्वको नवनिर्वाचित कैलाली बहुमुखी क्याम्पसको स्ववियुले सुदुरपश्चिम विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयलाई समयतालिका पालना गर्न सुझाउँदै भित्ते घडि र क्यालेण्डर उपहार दिएको छ ।

स्नातक र स्नातकोत्तर तह प्रथम सेमेस्टरका शत्रान्त परिक्षा वैशाख ८ गतेदेखि सुरु हुने गरि एक महिना अघि परिक्षा तालिका सार्वजनीक भएको थियो । तर अनलाईन मार्फत प्रवेशपत्र प्राप्त गर्दा परिक्षा नियन्त्रण कार्यालयको ‘सर्भर डाउन’ हुने समस्या देखिएपछि प्राविधिक कारण देखाउँदै एक दिनअघि मात्रै पहिलो दिनको परिक्षा स्थगित गरिएको थियो ।

व्यवस्थित रुपमा वेवसाइट सञ्चालन गर्न नसक्दा सास्ती खेप्नुपरेको भन्दै विद्यार्थीहरुले पनि सामाजिक सञ्जालमा आलोचना र आक्रोश व्यक्त गरे, र केहिले कैलाली बहुमुखी क्याम्पस अगाडि प्रदर्शन समेत गरेका थिए ।
विश्वविद्यालय शैक्षिक क्यालेन्डर र समयतालिका अनुसार नचलेको, विद्यार्थीको समय र मेहनतको अवमूल्यन गरेको प्रति विरोध र खबरदारी स्वरुप परिक्षा नियन्त्रक अनुराधा रोकायालाई घडी र क्यालेन्डर उपहार दिएको स्ववियु सचिव ओमप्रकाश वस्तीले जानकारी दिनुभयो।
समयमै परिक्षा सञ्चालन गर्न र विश्वविद्यालयका शैक्षिक गतिविधिलाई समय सापेक्ष र व्यवस्थित बनाउन पहिलो चरणमा घडी र क्यालेन्डर दिएर खबरदारी गरेको र पुन: यस्तै गतिविधि दोहर्याए थप सशक्त आवाज उठाउने स्व.वि.यु सभापति सन्तोष पन्तले वताउनु भएको छ।
पछिल्लो समय सुदुरपश्चिम विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरको पालना नहुनु लगायत अन्य काम कारवाहीमा समेत लापरवाही भएको भन्दै विश्वविद्यालय प्रति आम विद्यार्थीको विश्वसनियता घट्ने र दृष्टिकोण नकारात्मक हुन सक्ने कुरालाई मध्यनजर गर्दै पहिलो चरणमा शान्तिपुर्ण र व्याङ्ग्यात्मक विरोध र खबरदारी गर्न अध्यक्ष पन्त र सचिव वस्तीसहित उपाध्यक्ष कमल कुमार ऐडी, सहसचिव कुवेरराज जैशी र सदस्य आकाश भट्ट लगायतको टोली परिक्षा नियन्त्रण कार्यालयमै पुगेको हो ।

Very good https://is.gd/tpjNyL
Very good
Awesome https://is.gd/tpjNyL
Very good https://is.gd/tpjNyL
Good https://shorturl.at/2breu
Awesome https://shorturl.at/2breu
Awesome https://shorturl.at/2breu
Good https://shorturl.at/2breu
Very good https://shorturl.at/2breu
Good https://shorturl.at/2breu
Good https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT
Good https://lc.cx/xjXBQT
Good https://lc.cx/xjXBQT
Awesome https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT