केएमसीमा स्वबियु द्वारा निमावि तहको अध्यापन अनुमती पत्र तयारी कक्षा सन्चालन हुने

धनगढी , कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनले निम्न माध्यमिक तहको अध्यापन अनुमती पत्र तयारी कक्षा सन्चालन गर्ने भएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थीले उक्त कक्षा लिइ आफ्नो तयारी गर्न सक्नेछन् ।
स्वतन्त्र बिद्यार्थी युनियनले आफ्ना बार्सिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम राखी सन्चानन गर्न लागेको हो ।

निम्न माध्यमिक तहको अध्यापन अनुमती पत्रको तयारी गर्न चाहने बिद्यार्थीहरुको लागी कक्षा लिनको लागि आबेदन फारम भर्न  अनुरोध गरेको छ । उक्त फारम यहि भाद्र ११ देखि भाद्र १५ गते सम्म भर्न सकिने पनि स्वबियुले जानकारी दिएको छ ।
त्यसैगरी कक्षा सन्चालन भाद्र १७ गते बाट सन्चालन हुने जानकारी दिएको छ ।
अध्यापन अनुमती पत्रको बिज्ञापन भएको समयमा स्वतन्त्र बिद्यार्थी युनियन ले उक्त कक्षा सन्चालन गर्नु एकदमै सराहनीय र एकदमै उपयोगी हुने छ ।

स्वतन्त्र विद्यार्थी युनियन ले यस्ता कार्यक्रम समय अनुसार गरिरहने पनि जानकरी दिएको छ ।

Leave A Reply

Your email address will not be published.