स्वबियु द्वारा निमावि तहको अध्यापन अनुमती पत्र तयारी कक्षा उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम

धनगढी ,कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन द्वारा निम्न माध्यमिक तहको अध्यापन अनुमती पत्र उद्वाटन तथा अभिमुखिकरण कक्षाकाे एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थीले उक्त कक्षा लिइ अब निमाबि को अध्यापन अनुमती पत्र तयारी गर्न सक्ने छ्न ।
स्वतन्त्र बिद्यार्थी युनियन का अध्यक्ष सन्तोष पन्तको सभापतित्वमा सन्चालन भएको थियो । कार्यक्रम प्रमुख अतिथी सुदुरपश्चिम् सामाजिक बिकास मन्त्री सरस्वती खड्का रहनुभएको थियो । भने सामाजिक बिकास मन्त्रालय प्रमुख कुल राज सोती बिशिस्ट अतिथि रहनुभएको थियो । त्यसैगरी पाध्यापक संघ सभापति तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र वीर चन्द , सह प्राध्यापक प्रयागराज जोशी , प्रमुख प्रशिक्षक नवराज पान्डेय र स्वबियु पदाधिकारी अतिथि रहनुभएको थियो ।
एक महिना चल्ने यो कक्षामा प्रशिक्षक नवराज पान्डेयले कक्षा लिनुहुने छ । उहाले सम्पुर्ण विषयबस्तु अनुसार आफुले जानेका र आउने सम्भाबित सबै प्रश्न सहित प्रशिक्षण दिने पनि जानकारी दिनुभएको छ । कक्षा भोलि दिउँसो साढे तीन बजे बाट कन्फेनह्स हलमा हुनेछन ।
आज उद्वाटन कार्यक्रम तथा प्रशिक्षण गरेर भोलिबाट निरन्तर एक महिना कक्षा सन्चालन हुने स्वबियु सभापति पन्तले जानकारी दिनुभयो । सम्पुर्ण फारम भरेका वा नभरेका कैलाली बहुमुखी क्याम्पस अध्ययनरत बिद्यार्थीहरुलाइ कक्षा लिन स्वबियु सभापति ले जानकारी दिएका छन ।
स्वतन्त्र बिद्यार्थी युनियनले आफ्ना बार्सिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम राखी सन्चानन गर्न लागेको हो ।
अध्यापन अनुमती पत्रको बिज्ञापन भएको समयमा स्वतन्त्र बिद्यार्थी युनियन ले उक्त कक्षा सन्चालन गर्दा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत थुप्रै बिद्यार्थी लाभान्वित हुनेछन ।
स्वतन्त्र विद्यार्थी युनियनले   यस्ता कार्यक्रम अगामी दिनमा पनि निरन्तर सन्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave A Reply

Your email address will not be published.