नेपाल मगर संघ सुदूरपश्चिम प्रदेश समितिको बैठक सनिबार सम्पन्न

धनगढी। नेपाल मगर संघ सुदूरपश्चिम प्रदेश समितिको बैठक सनिबार (आज) सम्पन्न भएको छ । कैलालीको अत्तरिया नेपाल मगर संघको भवनमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकको मुख्य उदेश्य उत्पीडित, उपेक्षितमा रहेका मगर समुदायका विभिन्न भाषा,धर्म, कला,सस्कार, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने रहेको छ । नेपाल मगर संघले विभिन्न भाषा, कला र संस्कृति जगेर्र्नाको लागी बिभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको पनि बताइएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितीको विधान्त कार्तिक महिना भरीमा पालिका गठन गरिसक्नु पर्ने, मंसिरमा जिल्ला गठन गरिसक्नु पर्ने र पौष महिनाभरीमा प्रदेश अधिवेशन गरिसक्नु पर्ने बैठकको मुख्य उदेश्य रहेको छ । आगामी पौष १५ र १६ गते प्रदेश अधिवेशन उक्त भवनमा हुने निर्णयभएको छ ।

त्यसैगरी प्रत्येक जिल्ला गठन गर्ने र त्यसमा विभिन्न संयोजकहरु पनि विभाजन गरिएको नेपाल मगर संघ कैलाली जिल्लाका अध्यक्ष दलबहादुर घर्तिमगरले जानकारी दिनुभयो । कैलाली जिल्लाको अधिवेशन मंसिर २६ र २७ गते हुने भएको छ । उक्त बैठक नेपाल मगर संघ प्रदेशका अध्यक्ष कमल बहादुर पुनमगरको अध्यक्षतामा भएको हो । बैठकमा प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरि उक्त स्थानमा नेपाल मगर विद्यार्थी संघ कैलाली जिल्ला समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकको मुख्य उदेश्य भनेको आउँदै गरेको दिपावलीको अवसरमा मगर समुदायको कला, संकार, संकृति, भेषभूषा संरक्षण गर्नुका साथै आफ्नो कला प्रस्तुत गर्नु रहेको छ ।

साथै देउसी, भैलोबाट काठमाण्डौंमा क्याप्टेन लखन थापाको स्मृतिमा निमार्ण हुँदै गरेको स्मारकका लागि आर्थीक सहयोग जुटाउने पनि निर्णय गरिएको नेपाल मगर विद्यार्थी संघ कैलाली जिल्ला समितिका अध्यक्ष किरण आलेमगरले बताउँनुभयो ।

Leave A Reply

Your email address will not be published.