धनगढी। सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विध्यार्थी संघका उम्मेदवार सन्तोष पन्त निर्वाचित हुनुभएको छ।
त्यस्तै सचिवमा नेविसंघकै ओमप्रकाश वस्ती र कोषाध्यक्षमा अखिल क्रान्तिकारीबाट धर्मराज तिमिल्सिना निर्वाचित हुनुभएको छ।
स्ववियु निर्वाचन कार्यसमितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित पन्तले ८२७ मत प्राप्त गर्नुभयो ।
उहाँसंग अखिल क्रान्तिकारीका तर्फबाट प्रतिस्पर्धामा रहनुभएका पवन सुनारले ५५८ मत प्राप्त गर्नुभयो। त्यस्तै अनेरास्ववियुका तर्फबाट उम्मेदवार रहनुभएका निवर्तमान स्ववियु सभापति यमराज जोशीले ४२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल समाजवादीको संयुक्त प्यानलका सुनिल राज जोशीले ६८ मत प्राप्त गर्नुभयो। स्वतन्त्र विद्यार्थी एकता समुहकी अम्बिका चौधरीले ९२ मत प्राप्त गर्नुभयो।
त्यसैगरि सचिवमा निर्वाचित ओमप्रकाश वस्तीले ६९७ मत प्राप्त गर्नुभयो। उहाका मुख्य प्रतिद्वन्द्वी अनेरास्ववियुका किरण प्रकाश उपाध्यायले ४९८ मत प्राप्त गर्नुभयो।
अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले ४६६ मत प्राप्त गर्नुभयो। अनेरास्ववियू र अखिल समाजवादीको संयुक्त प्यानलका खगेन्द्र प्रसाद अवस्थीले १०९ मत प्राप्त गर्नुभयो। प्राज्ञिक विद्यार्थी परिषदबाट स्वतन्त्र उम्मेद्वार लवदेव धामीले ६५ र स्वतन्त्र उम्मेद्वार किशोर जोशीले ६८ मत प्राप्त गर्नुभयो।
त्यसैगरी कोषाध्यक्षमा निर्वाचित अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिनाले ६०८ मत प्राप्त गर्नुभयो। उहाका मुख्य प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघको तर्फबाट प्रमिला शाहले ६०४ मत प्राप्त गर्नुभयो।
त्यस्तै अनेरास्ववियु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तर्फबाट संयुक्त उम्मेदवार प्रकाश भट्टले ४९२ मत प्राप्त गर्नुभयो। त्यस्तै अनेरास्ववियूकी अंगीता चौधरीले १६३ र स्वतन्त्र विद्यार्थी एकता समुहका खेमराज भट्टराईले ४३ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै प्रत्यक्ष सदस्य तर्फ नेपाल विध्यार्थी संघका सबै उम्मेदवार विजयी भएका छन् । जसमा राम रोकायाले ८५३, सरिता भट्टले ८६५, पुजन बिष्टले ७३६, जनक खड्काले७३४, देवेन्द्र धामीले ६८६, विनिता चौधरीले ७६९, राम बहादुर वोगटीले ६९७, पुजा ओडले ६२४, र गणेश दहालले ५८१, मत प्राप्त गर्नुभएको छ । कैलालीको बहुमुखी क्याम्पसमा गत २७ गते मतदान भएको थियो। जसमा कूल ३ हजार ५९० मध्ये २ हजार ५७ मत खसेको थियो। जसमा सदस्य तर्फ खसेका २ हजार ५१ मत मध्ये १ हजार ८६७ सदर र १८४ मत बदर भएका छन्।
https://forum.mulegendreload.net/index.php?/gallery/image/494-13/
Heya i am for the first time here. I found this board and I find It truly useful & it helped me out much. I hope to give something back and aid others like you helped me.