केएमसीमा निर्वाचन शिक्षा तालिम सम्पन्न



धनगढी , कैलाली बहुमुुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत सम्पुर्ण संकायका छात्र छात्राहरुलाई निर्वाचन शिक्षा सम्बन्धि प्रदेश निर्वाचन शिक्षा अधिकारी प्रेमराज भट्टको संयोजकत्वमा आज बुधबार तालिम सञ्चालन गरिएको छ  ।

उक्त तालिम मा लोकतन्त्र ,नेपालको संविधान, संघियता र निर्वाचन संम्बन्धि विद्यार्थीहरुलाइ जानकारी दिइएको छ ।सो तालिम मा विद्यार्थिलाई प्रेणादायक कुराहरु  सिकाउनुभएको थियो । निर्वाचन के कसरी गरिन्छ, संविधान के हो, संघियता के हो, लोकतन्त्र भनेको के हो, भन्ने बारेमा जानकारी दिनुभएको थियो । उक्त तालिममा प्रयोगात्मक रुपमा विद्यार्थिबाटै नै निर्वाचनको उदाहरण  दिनुभएको थियो । सो तालिममा भोटिङ कार्ड नभएका विद्यार्थिलाई भोटिङ कार्ड को व्यवस्था गर्ने जिम्मेवारी पनि लिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.