कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. तोयराज भट्टको बिदाइ

सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. तोयराज भट्टको बिदाइ भएको छ।

वि.सं.२०४९ सालदेखि प्राध्यापन सेवामा कार्यरत प्राध्यापक भट्ट २०७९ सालदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो । नेपाल सरकारको अनिवार्य अवकाश सम्बन्धी नियम अनुसार उमेर हद पुरा भइसकेपछि उहाँ सेवा निवृत्त हुनुभएको हो ।
कर्मचारी संघ कैलाली बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसका विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमकाबिच उहाँको बिदाइ गरिएको कर्मचारी संघ केएमसीका अध्यक्ष टोपराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्राध्यापक भट्टले आफूले साढे तीन दशक लामो कार्यकाल कारी दिनुभयो ।

केएमसीमा बिताएकोले आगामी दिनमा पनि क्याम्पसको श्रीवृद्धिमा सदैव योगदान दिने बताउनुभयो ।बिदाइ कार्यक्रममा बोल्दै क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले उहाँको क्याम्पस प्रतिको लगाव, अपनत्व, योगदान र अभिभावकत्व स्मरणयोग्य र अनुसरणीय रहेको बताउँनुभएको छ ।
उक्त बिदाइ कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा.डा. राजेज्द्रबीर चन्दको प्रमुख आतिथ्यतामा भएको हो।

 

Leave A Reply

Your email address will not be published.