छोरीको लडाईं

धनगढी,

समाजसँगै चिहान जस्तै मौनता चिर्दै
‎छोरी हिँड्छ—
‎खुट्टामा बाँधिएका हरेक शंका फुटाउँदै,
‎आकाशतिर हेर्ने आँट बोकेर।

‎घरभित्र पनि कहिलेकाहीँ
‎अर्कै युद्ध बोकिन्छ—
‎बुझाइ र अबुझाइको आगो
‎मन मुटुमा जल्दा पनि
‎छोरी मुस्कान छोपेर अघि बढ्छे।

‎तर सबैभन्दा ठूलो लडाई त
‎आफैसँगै हुन्छ—
‎मनभित्रका डर,
‎अविस्वासका छाया,
‎र भत्किन खोज्ने आत्मबलसँग
‎दिनहुँ जुद्धै
‎छोरी आफ्नो अस्तित्व बुनिरहन्छे।

‎यति सबैबीच पनि
‎उसले सपना देख्न छोड्दिन—
‎चन्द्रमासँग कुरा गर्ने,
‎क्षितिजसँग सम्झौता गर्ने,
‎र आफूलाई आफूले जित्ने
‎उही पुरानो तर अपराजित सपना।

‎छोरी लड्दै बन्छे बलियो,
‎सपना देख्दै बन्छे ठूलो,
‎र अन्ततः—
‎उही लडाइँ नै उसका पखेटा बन्छन्।

दिपा अवस्थी (दिया)

बिए छैटौँ सेमेस्टर

कैलाली बहुमुखी क्याम्पस, धनगढी ।

Leave A Reply

Your email address will not be published.