कैलाली बहुमुखी क्याम्पसमा जनसङ्ख्या शिक्षा विषयक गोष्ठी सम्पन्न

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा जनसङ्ख्या शिक्षा विषयमा दुई दिने कार्यशाला तथा गोष्ठी सम्पन्न भएको छ। जनसङ्ख्या शिक्षा संकाय अन्तर्गत आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा उक्त गोष्ठी १५ र १६ गते सञ्चालन गरिएको हो।

गोष्ठी आठौँ सेमेस्टरका जनसङ्ख्या शिक्षा संकायका विद्यार्थी धनराज जोशीको अध्यक्षतामा तथा क्याम्पस प्रमुखको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई १२ समूहमा विभाजन गरी प्रत्येक समूहमा आठ–आठ जना राखिएको थियो।

विभिन्न समूहमा विभाजन गरिएका विद्यार्थीहरूले आफूहरूले छनोट गरेका अनुसन्धानमूलक विषयहरूमा आधारित रहेर छलफल र अन्तरक्रिया गरेका थिए। साथै, विद्यार्थीहरूले आफूले तयार पारेका अनुसन्धान प्रतिवेदनहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा विषय विशेषज्ञको रूपमा जनसङ्ख्या शिक्षा विषयका विज्ञ सह–प्राध्यापक डा. महेन्द्र राज जोशी सहभागी रहनु भएको थियो। उहाँले यस्तो किसिमको गोष्ठी अन्तरक्रियात्मक शिक्षण–सिकाइ प्रक्रियाको महत्वपूर्ण अङ्ग भएको र विद्यार्थीको अनुसन्धान क्षमता विकासमा सहयोगी हुने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.