अफ द विटः डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाका स्वास्थ्य संयोजक धन बहादुर क्षेत्रीसंगको कुराकानी (सुन्नुहोस्)
धनगढी । यतिबेला सारा बिश्व कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणले आक्रान्त छ । कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सरकारले विभिन्न किसिमका नियम लागु गरेको भएपनि रोगको संक्रमण भने सारा विश्वमा फैलिदो छ। नेपाल पनि त्यसबाट अछुतो हुन् सकेको छैन् ।पछिल्लो समय निषेधाज्ञा जस्ता नियम जारी गरिएता पनि कोरोनाको मनोबैज्ञानिक त्रास भने कायमै छ ,नागरीक सचेतनाको अवस्था कमजोर देखिएको छ । नागरीकले आफ्नो स्वास्थ्य सुरक्षाको उपाय आफै अबलम्बन गर्नु पर्ने देखिन्छ । यसै अवस्थामा हरेकले आफ्नो क्षेत्रमा एक आपसमा दुरी कायम गरे नगरेको अवस्था के छ वा मानवको बढी जमघट हुने स्थानमा सावधानिका उपायहरु के कस्ता अपनाएका छन् भनि रेडियो केएमसीले निगरानी गर्दै आएको छ । आजको अंकमा भने डडेल्धुराको आलिताल गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर क्षेत्रीसंग कुराकानी गरेका छौ । (सुन्नुहोस)