हाम्रो पालिका स्तम्भः डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाका उपाध्यक्ष जला कुमारी बिष्ट(बोगटी)संगको कुराकानी (अडियो सहित)
धनगढी । देशले स्थानीय समस्याको समाधानका लागी जनप्रतिनिधीको भुमिका खोजी रहेको बेला स्वायत्त शासनको अनुभुति हुने गरि देशमा ७५३ वटा स्थानीयतहको संरचना छ । तैपनि नागरिक सवालहरुको भने सम्बोधन हुन नसकेको जनगुनासोे छ । यस्तै गुनासाहरुलाई सञ्चार माध्यमबाट खबरदारी गरिरहेको भएपनि जनप्रतिनिधीले भने जवाफ देहिता बहन गर्ने तत्परता देखाउन सकेका छैनन् । यस्तै जनगुनासोहरु मध्ये पालिकाको जिम्मेवारी भित्रका स्वास्थ्य, शिक्षा, विकास पुर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षाका सवालहरुलाई उठाउने प्रयास गरिरहेका छौ । आजको स्तम्भमा भने डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका उपाध्यक्ष जला कुमारी बिष्ट (बोगटी)संग पालिकाको विकास पुर्वाधारको अवस्थाका बारेमा सोधेका छौ।(सुन्नुहोस्)